विश्वमा जुन अनुपातमा कम्प्यूटर र कम्प्यूटरमा आधारित सूचना प्रविधिको विकास भइरहेको छ त्यही अनुपातमा व्यापारिकरण पनि बढिरहेको छ। हामीले जति मात्रामा सफ्टवेयरको प्रयोग गर्छौ ती सबै सफ्टवेयर किनेर प्रयोग गरिरहेका छैनौँ। नेपालमा प्रयोग गरिने अधिकाँश सफ्टवेयरहरु प्रतिलिपि गरिएका हुन्छन्। हामीले अधिकाँश सफ्टवेयरहरु गैरकानूनी रुपमा प्रयोग गरिरहेका हुन्छौँ। हामीले एउटा कम्प्यूटरको हार्डवेयर किन्दा जती मूल्य पर्छ त्योभन्दा बढी मूल्य सफ्टवेयरको पर्न जान्छ तर अधिकाँश नेपाली प्रयोगकर्ताहरु यो वास्तविकताप्रति अनभिज्ञ छन्। तर कुनै दिन यस्तो पनि आउन सक्छ जुनदिन हामीले हाम्रो कम्प्यूटरमा प्रयोग गर्ने सफ्टवेयरहरुले बिना लाइसेन्स काम गर्दैनन्। नेपालमा अहिले प्रतिलिपि अधिकारको कानून त्यती प्रबल भइसकेको छैन र हामीले प्रतिलिपि गरिएका सफ्टवेयरहरु प्रयोग गर्न पाइरहेका छौ तर जब प्रतिलिपि अधिकार कानून राम्रोसंग लागु हुन्छ त्यसपछि हामीले सबै सफ्टवेयरहरु किन्नैपर्छ वा कम्प्यूटर प्रयोग गर्न नै छोड्नुपर्छ। यस्तो अवस्थामा कम्प्यूटर नियमित रुपमा प्रयोग गर्नेहरुको लागि समस्याको सृजना हुन्छ।
यो समस्याको समाधान के त?
यो समस्याको एउटै समाधान हो खुला स्रोत सफ्टवेयर। हामीमध्ये धेरैले सञ्चालन प्रणालीको रुपमा माइक्रोसफ्ट विन्डोज प्रयोग गर्छौँ। माइक्रोसफ्ट विन्डोजमा माइक्रोसफ्ट कर्पोरेशनले हामीलाई जुन जुन सुविधा दिएको हुन्छ त्यही सुविधा मात्र प्रयोग गर्न पाउँछौँ। त्यसको विकल्पको रुपमा अहिले लिनक्स सञ्चालन प्रणाली बजारमा आएको छ। लिनक्स खुला स्रोत सफ्टवेयरको रुपमा विकसीत भएको सञ्चालन प्रणली हो। लिनक्स र लिनक्समा चल्ने कुनैपनि सफ्टवेयरहरु किन्नु पर्दैन। लिनक्समा पनि हामीले विन्डोजमा जस्तै लेआउट डिजाइनिङ, वेब डिजाइनिङ, मल्टीमिडिया, इन्टरनेट, च्याट, सफ्टवेयर विकास र अन्य सबै प्रकारका कम्प्यूटर कर्महरु गर्न सक्छौ। लिनक्समा हामीले विन्डोजमा चल्ने (विन्डोज कम्प्याटीबल) सफ्टवेयरहरु चलाउन सक्दैनौ तर त्यस्तै प्रकारका अन्य सफ्टवेयरहरु प्रयोग गर्न सक्छौँ। उदाहरणको लागि हामीले विन्डोजमा माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोरर चलाउँछौँ भने लिनक्समा मोजीला ब्राउजरबाट इन्टरनेट चलाउन सकिन्छ। त्यस्तै माइक्रोसफ्ट अफिसको विकल्प ओपनअफिस, फोटोसपको विकल्प गिम्प इमेज एडिटर, च्याटिङ मेसेन्जरहरुको विकल्पको रुपमा गाइम मेसेन्जर जस्ता सफ्टवेयरहरु लिनक्समा उपलब्ध छन्। लिनक्स सञ्चालन प्रणालीको सोर्सकोड पनि खुला हुन्छ। हामीलाई विकास उपकरण C++, Visual Basic चलाउन आउँछ भने हामीले लिनक्सलाई हाम्रो सुविधाअनुसार सुधार पनि गर्न सक्छौँ जुन सुविधा माइक्रोसफ्ट विन्डोजमा छैन। अहिले लिनक्स सञ्चालन प्रणाली नेपाली भाषामा स्थानीकरण पनि गरिएको छ। मदन पुरस्कार पुस्तकालयले लिनक्सको नेपाली संस्करण नेपालीनक्स बजारमा ल्याइसकेको छ। जुन सञ्चालन प्रणाली प्रयोग गर्दा हामीले कम्प्यूटर नेपाली भाषामै सञ्चालन गर्न सक्छौँ। नेपालीनक्सको बारेमा विस्तृत जानकारीको लागि हामीले नेपालीनक्सको आधिकारीक वेबसाइट www.nepalinux.org मा जान सक्छौँ। नेपालीनक्स पहिले विन्डोज सिक्नेहरुको लागि केही गाह्रो हुनसक्छ तर सुरुमै नेपालीनक्स सञ्चालन प्रणलीमा कम्प्यूटर सिक्नेहरुको लागि भने नेपालीनक्स धेरै नै सजिलो छ। नेपाली भाषविज्ञानमा काम गर्नेहरुको लागि त नेपालीनक्स धेरै नै उपयोगी छ। नेपालीनक्सको विकास र वितरणमा नेपालका कम्प्यूटर प्रयोगकर्ताहरु र सफ्टवेयर विकासकर्ताहरु लाग्ने हो भने नेपाली भाषामा कम्प्यूटर कर्मको भविष्य उज्वल छ।
Tuesday, November 24, 2009
अप्टिकल फाइबर
अति तीब्र गतिमा तथ्याङ्क पठाउन मिल्ने अप्टिकल फाइबरको प्रचलन नेपालमा पनि शुरू भएको छ। हालसालै चीनले नेपालको दूरसंचार सेवाका लागि काठमाडौंदेखि कोदारीसम्म एकसय १५ कि.मी. अप्टिकल फाइबर बिच्छ्याउने कार्यमा सहयोग प्रदान गरेको छ। यसबाट दूरसंचार सेवामा अरु बढी प्रभावकारिता र अरु बढी विश्वसनियता आउने देखिएको छ। अहिलेसम्म एउटा टावरबाट अर्को टावर गर्दै माइक्रोवेभ लिंकबाट डाटा आदान प्रदान गरिरहेको टेलिकमलाइ विभिन्न कारणले टावरहरू क्षतिग्रस्त हुँदा त्यस क्षेत्रको संचार सम्पर्क नै लथालिङ्ग हुने स्थितिबाट अप्टिकल फाइबरले छुट्टी दिने भएको छ। हालै मात्र भारत सरकारको सहयोगमा नेपालको पूर्व देखि पश्चिमसम्म अप्टिकल फाइबर बिच्छ्याउने कार्य सम्पन्न भएको छ। पहिलो चरणमा भद्रपुरदेखि नेपालगञ्जसम्म ८ सय ९८ किलोमिटर अप्टिकल नेटवर्क बिछ्याइएको टेलिकमले जनाएको छ। एक अर्ब चौरहत्तर करोड रूपैयाँ लागतको यस योजनामा भारत सरकारले झन्डै ८० प्रतिशत ब्यहोरेको बताइएको छ। यसबाट तराइका ७९ वटा स्टेशनमा क्म्ज् उपकरण मार्फत अप्टिकल लिंकमा जोडिने छन्। हाल नेपालमा अप्टिकल फाइबर मुख्यतया दूरसंचार सेवामा ब्यापक प्रयोग हुन थालेको छ। यस बाहेक बिद्युत प्राधिकरण र केही केबुल इन्टरनेट प्रदायकहरुले पनि यसको प्रयोग गर्न थालेका छन्। विश्वको सन्दर्भमा हेर्दा दूरसंचारका अतिरिक्त ब्याङकिङ तथा बित्तीय निकायहरू, सुरक्षा, टेलिभिजन प्रशारण, लगायतका क्षेत्रमा अप्टिकल फाइबर नेटवर्कको प्रयोग हुने गरेको छ।
के हो त अप्टिकल फाइबर?
अप्टिकल शब्दबाट नै स्पष्ट हुन्छ कि यो दृश्य अथवा प्रकाश सित सम्बन्धित हुन्छ। अप्टिकल फाइबरमा अरू तारमा जस्तो धातुको प्रयोग नगरेर प्लास्टिक, काँच र सिलिका लगायतका अन्य अधातुहरू प्रयोग गरिन्छ। यसको बनोट ३ तहमा हुन्छ। बीचमा कोर हुन्छ जुन यसको डाटा हिँड्ने मुख्य भाग हो। त्यसदेखि बाहिर क्ल्याडिङ र सबैभन्दा बाहिर ज्याकेट अर्थात कभर हुन्छ। कोर भाग काँच, फाइबर र अन्य प्युरिटीहरूले बनेको हुन्छ। यसमा लाइट टोटल इन्टर्नल रिफ्लेक्टिङ् को आधारमा डाटा आदान प्रदान हुन्छ। अर्थात प्रकाशको गतिमा तथ्यांक आदान प्रदान गर्ने भएकाले यो अति शीघ्र डाटा आदान प्रदानको माध्यम हो। कोरभन्दा लगत्तै बाहिर रहेको क्ल्याडिङले कोर बाट बाहिर परावर्तन हुन लागेको डाटालाई पुन कोरतिर नै फर्काइदिन्छ। यसरी बाउन्स हुँदा हुँदै पहुँच सम्मको परिपथ बन्दछ। भित्रका यी दुवै भाग कमजोर पदार्थले बन्ने भएकाले सबैभन्दा बाहिरपट्टि सिन्थेटिक वा हाइ डेन्सिटी पोलिथिनले बनेको कभर राखिएको हुन्छ यसलाई ज्याकेट भनिन्छ। यी सबै तहहरू मिलेर बनेको अप्टिकल केबुल पनि धेरै भद्दा हुँदैन। सानो छरितो तारबाट विना झन्झट धेरै डाटा आदान प्रदान गर्न सकिने र डाटा चुहावट नहुनाले नै यसको लोकप्रियता बढ्दै गएको हो। पर्याप्त उपकरण हुने हो भने अप्टिकल फाइबर केबुलबाट असीमित डाटा आदान प्रदान गर्न सकिन्छ तर हाल सम्म ४० गिगाबाइट प्रतिसेकेन्डका दरले डाटा आदान प्रदान गर्ने उपकरणहरू बनेका छन्। नेपालमा प्रयोग भैरहेको उपकरणले चाहिँ १० गिगाबाइट प्रति सेकेन्डको गतिमा तथ्यांङक आदान प्रदान गर्दछ। अप्टिकल केबुलबाट कसरी डाटा आदान प्रदान गरिन्छ? डाटा आदान प्रदान गर्नमा डाटाको उद्गम स्थल र पहुँच सम्ममा ३ वटा संयन्त्रहरू प्रयोग हुन्छन्।
१) डाटा पठाउने स्टेशनले डाटालाइ प्रकाश सिग्नलमा परिणत गरिदिन्छ। यो सिग्नल केबुलको कोर भागबाट तरंगित हुन्छ। यसले Light Reflect Index को आधारमा कार्य गर्दछ। लामो दूरीमा डाटा पठाउनका लागि Step Index मा Signal Mood Data प्रयोग गरिन्छ। तर Graded Index मा पठाएमा Reflect Index Variable अर्थात बढ्ने वा घट्ने हुन्छ। धेरै डाटा पठाउन यसको प्रयोग हुन्छ। यसबाट निम्न मुडमा डाटा आदान प्रदान गर्न सकिन्छ। Step Index: Single mode (single light) Step Index: Multi mode (multi light) Graded Index: single mode Graded Index: Multi mode लिनु पठाउनुपर्ने डाटाको साइज, केबुलको Substance वा Material आदिमा कुन मुड वा कुन इन्डेक्स प्रयोग गर्ने भनेर तय गरिन्छ।
२) अप्टिकल केबुल परिपथ लामो भएमा बीच बीचमा रिपिटर पनि राखिन्छ ।
३) गन्तब्य स्थानमा राखिएको रिसिभरले चाहिँ अप्टिकल सिग्नललाई पुनः Data मा कन्भर्ट गर्दछ। टेलिकमले उपत्यकाका सबै एक्सचेन्जहरूलाई अप्टिकल केबुलले जोडिसकेको छ भने पूर्वपश्चिम अप्टिकल लिंकलाई विद्युत प्राधिकरणको अप्टिकल पावर ग्राउन्ड वायर बाट राजधानीमा जोडिएको छ। अब काठमाडौंदेखि कोदारीसम्म यसको विस्तार हुने हो भने हाम्रो आन्तरिक तथा बाह्य ट्रंकका सर्किटहरू पर्याप्त हुने निश्चित छ। यसबाट चीन र भारतसितको हाम्रो दूरसंचार सेवाको ब्यापारमा पनि बृद्धि हुनेछ। यतिमात्र होइन देशको ब्याङ्किङ, वाणिज्य तथा सूचना प्रविधिको क्षेत्रलाई नै अप्टिकल फाइबर नेटवर्क विस्तारले झन् उत्साही बनाएको छ ।

ब्लग कसरी बनाउने ?
ब्लग भन्नाले त्यस्ता वेबसाइटहरूलाई जनाउँछ जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीको रुपमा प्रकाशित गर्ने गर्दछन्। आफुलाई लागेको कुरा लेखेर इन्टरनेटमा प्रकाशित गर्नका लागि ब्लग अहिले विश्वमा नै चर्चित बन्दै गएको छ। ब्लग शब्द अङ्ग्रेजी शब्दहरू वेब र लग को सम्मिश्रणद्वारा बनेको हो। सुरुमा ब्लगको प्रयोग इन्टरनेटमा आफ्नो ससाना नोटहरू राख्न भए पनि अहिले ब्लग आफ्नो विचार प्रस्तुत गर्ने एक प्रमुख माध्यमको रुपमा विकसित भएको छ। नेपालको परिप्रेक्ष्यमा ब्लगको शुरुवात कहिलेवाट भयो भन्ने यकिन इतिहास छैन। तर २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा वैकल्पिक सञ्चारमाध्यमको रुपमा ब्लग देखिएको हो। नेपाली भाषाको ब्लगहरू हेर्ने हो भने माइसंसार डटकम र हाम्रोब्लग डटकम अगाडि देखिएका छन्। अहिले करिब एक सयको हाराहारीमा नेपाली ब्लगहरु संचालनमा रहेका पाइन्छ। नेपाली ब्लगहरुको संग्रह www.bloggers.com.np मा हेर्न सकिन्छ। सामान्यतया लेखहरू राखिने ब्लगहरू प्रचलित भए पनि ब्लगहरू अन्य विभिन्न प्रकारका हुने गर्दछन्। भिडियो सम्बन्धित ब्लगलाई भिलग भन्ने गरिन्छ। त्यस्तै फोटोहरू राखिने फोटो ब्लगहरू पनि प्रचलित छन्। अचेल मोबाइलबाट पनि ब्लग गर्ने प्रबिधिको बिकास भैसकेको छ, त्यस्ता ब्लगलाई मोब्लग भन्ने गरिन्छ। विषयवस्तुको हिसाबले पनि बिभिन्न प्रकारका ब्लगहरु हुने गर्दछन्, जस्तै राजनैतिक ब्लग, ट्राभल ब्लग, फेसन ब्लग, आदि। यी सबै ब्लगहरू खोज्न www.technirati.com नामक सर्च इन्जिनको पनि विकास गरिएको छ। ब्लगको यति जानकारी पछि ब्लग लेख्न कसरी सुरु गर्ने भन्नेतिर लागौँ। ब्लग लेख्न सुरु गर्नु भन्दा पहिले आफु कुन विषयवस्तुमा ब्लग लेख्ने भन्ने बारे निर्णय गर्नु राम्रो हुन्छ। कसैले ब्लग लेख्दा आफ्नो दिमागमा जे आयो त्यही लेख्ने गर्छन। कसैले कुनै निश्चित बिषयमा ब्लग लेख्ने गर्छन। धेरैले कुनै निश्चित विषयमा लेख्ने गरे पनि बेला बेलामा विषय परिवर्तन गर्ने गर्छन्। ब्लग इन्टरनेटमा सबैले पढ्न मिल्ने गरि राखिने हुनाले आफुलाई जे मन लाग्यो त्यही लेख्नु भन्दा कुनै विषयवस्तुमा लेख्नु नै उचित मानिन्छ। के को बारेमा ब्लग लेख्ने भन्ने कुरा निश्चित गरेपछि कहाँ लेख्ने भन्ने प्रश्न आउँछ। ब्लग लेख्न दुई तरिकाहरू अपनाउन सकिन्छ। यदि तपाइको आफ्नै वेबसाइट छ भने, त्यसैमा ब्लग लेख्ने सफ्टवेयर राखेर ब्लग सुरु गर्न सकिन्छ। wordpress, Mavable type र Typo जस्ता ब्लग लेख्न प्रयोग गरिने सफ्टवेयर इन्टरनेटमा सित्तैमा डाउनलोड गरि प्रयोग गर्न पाइन्छ। तर सबैको आफ्नै वेबसाइट नहुन सक्छ, यस्तो अवस्थामा इन्टरनेटमा रहेका www.blogger.com वा www.wordpress जस्ता साइटहरूमा गएर आफ्नो ब्लग सुरु गर्न सकिन्छ। यी वेबसाइटहरूमा सित्तैमा आफ्नो ब्लग साइट निर्माण गर्न सकिन्छ। यी ब्लग साइटहरु मध्ये wordpress सजिलो तथा निकै प्रख्यात पनि छ। wordpress मा आफ्नो ब्लग सुरु गर्नका निम्ति सुरुमा एउटा Account खोल्नु पर्दछ। यसरी नयाँ Account सुरु गर्दा तपाइले आफ्नो ब्लगको शिर्षक पनि दिनु पर्ने हुन्छ। Account बनिसकेपछि तपाइले ब्लग लेख्न सुरु गर्न सक्नु हुन्छ। त्यस्तै अर्को ब्लग साइट Blogger.com पनि अचेल निकै प्रचलित हुदै गइरहेको छ। Blogger.com को फाइदा के छ भने यसमा ब्लग लेख्नको लागि यदि तपाइसंग Gmail ठेगाना छ भने त्यसैको प्रयोग गर्न सक्नु हुन्छ। ब्लग सबैका लागि पढ्न खुला हुने हुनाले निम्न कुराहरुमा बिशेष ध्यान पुर्याउनु पर्दछ। ब्लगमा अन्य व्यक्तिको इमेल ठेगाना देखाउने गरि राख्नु हुदैन। लेखिएका कुराहरुको स्रोत स्पष्ट रुपमा खुलाउनु पर्दछ। ब्लगमा सकेसम्म नम्र भाषा प्रयोग गर्नु राम्रो हुन्छ। लेखाइ सकेसम्म स्पष्ट हुनु राम्रो हुन्छ। एकपटक लेखिसकेको ब्लगलाई पटकपटक सच्याउनु हुदैन। ब्लग अहिले आफ्नो आवाज सर्वसाधारण पुर्याउन सबै भन्दा छिटो तथा सशक्त माध्यम भएको छ। आफुलाई लागेको कुरा पत्रिकाहरूमा छपाउने तथा त्यसको प्रतिक्रिया पर्खने लामो प्रक्रियाबाट ब्लगको माध्यमद्वारा मुक्त हुन सकिन्छ। ब्लगको अरु रमाइलो कुरा के छ भने आफुले लेखेको ब्लगको प्रतिक्रिया तुरुन्तै प्राप्त हुने गर्दछ। अरु धेरैले Google Adsence जस्ता अनलाइन विज्ञापन आफ्नो ब्लगमा प्रकाशित गरेर आम्दानी पनि गर्ने गर्दछन्। यति धेरै रमाइलो ब्लगिङको दुनियामा आजै किन नछिर्ने त।
गुगलले रोग पत्ता लगाउने !
इन्टरनेट सर्च इन्जिन गुगलले अब चिकित्साक्षेत्रमा कार्यरत अधिकारी र बिरामीको पनि सेवा गर्ने भएको छ। इन्टरनेटमा आधारित एक अनुसन्धान अनुसार गुगलले केही महत्वपूर्ण रोगको लक्षण पत्ता लगाउनेछ। उक्त अनुसन्धान अस्ट्रेलियाका चिकित्सकहरूको एक समूहले गरेको थियो। उनीहरूले २६ महत्वपूर्ण रोगका सम्बन्धमा गुगल सर्च इन्जिनमार्फत अनुसन्धान गरेका थिए। अध्ययन गरिएका २६ रोगमध्ये १५ वटाको गुगलले सही लक्षणका साथै सही समाधान पनि बताइएको थियो। अध्ययनअनुसार गुगल केही रोगका बारेमा जानकारी लिन र दिन निकै सहयोगी सिद्ध हुनेछ। सामान्यदेखि जटिल रोगबारे महत्वपूर्ण लेख इन्टरनेटमा राखिएका कारण गुगलमा रोगका लक्षण र समाधान खोज्न सहज भएको ठहर अनुसन्धानकर्ताहरूको छ। अस्ट्रेलियाका चिकित्सकहरूले ब्रिसबेनस्थित एलेक्जेन्ड्रा अस्पतालमा उक्त अनुसन्धान गरेका थिए। अनुसन्धानको नेतृत्व गरेका डा. हागवी ताङ भन्छन् यसै कारण अब गुगल रोगको लक्षण पत्ता लगाउन र समाधान गर्न निकै उपयोगी देखिएको छ। तर यसमा विशेषज्ञताको आवश्यकता पर्ने बताउँदै उनले बिरामी स्वयम्ले आफ्नो उपचार गर्न खोज्न नहुने बताएका छन्। यद्यपि चिकित्सासम्बन्धी स साना जानकारीका लागि भौंतारिँदै हिँड्नुपर्दैन, किनभने गुगल अब डाक्टर नै बनिसकेको छ,अनुसन्धानकर्ता ताङ भन्छन्। गुगलले सामान्य रोगभन्दा पनि जटिल रोगको पहिचान र समाधानका सही उपाय दिएको पाइएको छ। खोजिएका १४ जटिल रोगमध्ये १० वटाको लक्षण पहिचान र समाधानका उपाय बताउन गुगल सफल भएको थियो। अनुसन्धान निष्कर्षमा भनिएको छ अब अस्पताल पूर्ण रूपमा कम्प्युटराइज हुन आवश्यक छ, अन्यथा गुगलको यो सुविधा प्राप्त हुन सक्दैन। गुगलले सबैभन्दा फाइदा चिकित्सकलाई दिने ठहर अनुसन्धानकर्ताहरूको छ। गुगलमा गरिएको उक्त अनुसन्धानलाई क्लिनिकल सर्पोट प्रोग्रामले महत्वपूर्ण उपलब्धिको संज्ञा दिँदै भनेको छ स्वास्थ्य क्षेत्रका लागि यो यस अर्थमा पनि निकै सहयोगी हुनेछ किनकी गुगललाई प्रयोगकर्ताले निःशुल्क प्रयोग गर्न र सहज रूपमा फाइदा लिन सक्नेछन्।
इन्टरनेटको आविष्कार कसरी भयो ?
इन्टरनेट आफैमा एउटा सञ्जाल नभइ विश्वभर छरिएर रहेका एउटा निश्चित नियममा काम गर्ने तथा एकैखाले सुविधा प्रदान गर्ने विभिन्न सञ्जालहरूको समूह हो। इन्टरनेट कुनै व्यक्ति वा संस्थाको योजना बमोजिम सुरुवात भएको हैन। त्यस्तै इन्टरनेट कसैको नियन्त्रणमा पनि छैन। इन्टरनेटको इतिहास खोतल्दै जाँदा संयुक्त राज्य अमेरिकाले विकास गरेको आर्पानेट सम्म पुग्न सकिन्छ। सन् १९५० को अन्त्य तिर जति बेला शीतयुद्ध चरम अवस्थामा पुगेको थियो, त्यति बेला अमेरिका जस्तोसुकै युद्धमा पनि भरपर्दो रुपमा काम गर्न सक्ने सञ्जाल प्रणालीको विकास गर्न लागिपरेको थियो। त्यतिबेला प्रयोग हुने सबै टेलिफोन प्रणाली केन्द्रीय स्तरमा काम गर्ने गर्थे, जुन अति नै असुरक्षित थियो। टेलिफोनको केन्द्रमा हमला भएको खण्डमा पुरै टेलिफोन प्रणाली नै ध्वस्त हुने सम्भावना थियो। त्यसैले टेलिफोन सञ्जाल प्रणालीको विकल्पको रुपमा अमेरिकाको Department of Defense ले RAND Corporation लाई एक सुरक्षित तथा भरपर्दो सञ्जाल प्रणालीको बिकास गर्ने काम सुम्पियो। त्यस RAND Corporation का Poul Baran नामक एक इन्जिनियरले स्विचिङ प्रविधिमा आधारित एक विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा अगाडि ल्याए। Baran ले यस सम्बन्धी धेरै रिपोर्टहरू अमेरिकाको pentagon मा पठाए र अन्ततः Pentagon ले यस प्रकारको सञ्जाल विकास गर्ने जिम्मा अमेरिकाको त्यस बेलाको सबैभन्दा ठूलो टेलिफोन कम्पनी AT&T लाई दियो। तर AT&T जस्तो ठूलो कम्पनीले Baran जस्तो सामान्य व्यक्तिले विकास गरेको प्रविधिलाई पत्याउने कुरै भएन। स्विचिङ प्रविधिमा आधारित त्यस विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा त्यसै तुहिएर गयो। निकै लामो समयसम्म पनि भरपर्दो सञ्जाल प्रणालीको विकास हुन नसकेपछि अमेरिकी सरकारले यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नका निम्ति Advanced Research Projects Agency वा ARPA नामक संस्थाको सुरुवात गर्यो। सन् १९६७ तिर ARPA का निर्देशक Larry Roberts ले Poul Baran ले विकास गरेजस्तै Pocket Switching मा आधारित सञ्जाल प्रणाली को अवधारणा अगाडि ल्याए। यसै प्रविधिमा आधारित ARPANET नामक सञ्जाल प्रणालीको पनि उनले निर्माण गरे। यस प्रविधिद्वारा विभिन्न स्थानमा रहेका दुई कम्प्युटरहरूलाई जोड्न सकिन्थ्यो। यसरी सूचना आदानप्रदानका निम्ति कम्प्युटरमा Interface Message Processors अर्थात् IMP नामक मिनि कम्प्युटर जोडिन्थ्यो। फरक फरक स्थानमा रहेका यी दुई IMP हरुबीच टेलिफोन लाइनको माध्यमद्वारा ५६ किलोवाइटको गतिमा सूचना आदानप्रदान हुन्थ्यो। यस ARPANET सञ्जाल प्रणालीमा सर्वप्रथम क्यालिफोर्निया विश्वविद्यालय, क्याम्ब्रिज अनुसन्धान केन्द्र, UCSB र UTAH विश्वविद्यालय जोडिए। सन् १९७० को मध्यसम्ममा MIT, BBN Harvard र Systems Development Corporation पनि यस सञ्जालमा जोडिए। आउँदा वर्षहरूमा अन्य धेरै संघ संस्था तथा विश्वविद्यालयहरू यस सञ्जालमा जोडिए। ARPANET को यस स्वरूप नै इन्टरनेटको सुरुवात थियो। तर यो इन्टरनेटको सञ्जाल अहिलेजस्तो चलाउन सजिलो पक्कै पनि थिएन। यस ARPANET को प्रयोग केबल कम्प्युटर विज्ञ, इन्जिनियर तथा वैज्ञानिकहरूले गर्ने गर्दथे। सन् १९७२ मा Ray Tomlinson ले इन्टरनेटको सम्भवतः सबैभन्दा महत्वपूर्ण आविष्कार इमेलको बिकास गरे। इमेल ठेगानामा प्रयोग हुने प्रख्यात @ को छनौट पनि उनैले गरेका हुन्। यसबाहेक सञ्जालमा रहेका कम्प्युटरहरू चलाउन प्रयोग हुने telnet तथा फाइलहरू आदानप्रदान गर्न प्रयोग हुने ftp को विकास पनि त्यसैताका भयो। इन्टरनेटको यति विकास भइसक्दा पनि सूचना आदानप्रदान गर्न कुनै एक निश्चित प्रणाली थिएन। सन् १९७० को दशकमा Stanford विश्वविद्यालयका BOB Kahn र Vint Cerf ले TCP/IP नामक सूचना आदानप्रदान गर्ने प्रणालीको विकास गरे, जुन आज पनि प्रयोग हुने गर्दछ। यस प्रणालीको प्रयोग गर्ने पहिलो संस्था अमेरिकाकै Defense Department थियो। सन् १९८३ सम्ममा इन्टरनेटमा जोडिएका सबैले यस TCP/IP प्रणालीको प्रयोग गर्न थाले। सन् १९८० दशकको अन्त्यसम्ममा धेरै व्यापारिक संघसंस्थाहरू पनि इन्टरनेटमा जोडिन थाले जसले गर्दा इन्टरनेटको विकास द्रुत गतिमा हुन थाल्यो। इन्टरनेटको यति विकास भइसक्दा पनि सन् १९९० को सुरुवात सम्म इन्टरनेटको प्रयोग केवल अनुसन्धानकर्ता, सरकारी क्षेत्र तथा विश्वविद्यालयहरूले मात्र गर्थे। इन्टरनेट सर्वसाधारणले प्रयोग गर्न मिल्ने गरी सजिलो भइसकेको थिएन। तर सन् १९९० मा CERN अनुसन्धान केन्द्रका वैज्ञानिक Tim Barners Leeले विकास गरेको World Wide Web ले इन्टरनेटको नयाँ ढोका खोलिदियो। World Wide Web लाई हामी www को नामबाट पनि चिन्दछौ। धेरैले www लाई नै इन्टरनेट भन्ने गर्छन्, तर यो गलत धारणा हो। इन्टरनेट भन्नाले विश्वभर रहेका सञ्जालको समूहलाई जनाउँछ, जबकि www इन्टरनेटमा सूचना आदानप्रदान गर्न प्रयोग गरिने धेरै प्रणालीहरू मध्ये एक हो। www को निर्माणले इन्टरनेटमा सूचना आदानप्रदान गर्न धेरै सजिलो भए पनि अहिले जस्तो क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सुविधा थिएन। यसरी क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सफ्टवेयर, जसलाई Browser भनेर चिनिन्छ, यसको निर्माण Illinios स्थित National Centre for Supercomputer Application का अनुसन्धानकर्ता Marc Andreessen ले गरेका हुन्। यस पहिलो Browser को नाम Mosaic थियो। पछि उनै Marc Andreessen ले Netscape Corporation को पनि सुरुवात गरे जसले निर्माण गरेको Netscape Navigator नामक इन्टरनेट Browser निकै प्रख्यात पनि भयो। यसै इन्टरनेट Browser को सफलतालाई पछ्याउदै माइक्रोसफ्टले पनि Internet Explorer नामक Browser को विकास गर्यो, जुन अहिलेको एक प्रमुख ब्राउजरमा पर्दछ। इन्टरनेटको विकासका लागि अमेरिकी सरकारले लगानी गरेकाले पहिले सर्वसाधारणलाई इन्टरनेटको प्रयोग गर्ने अनुमति थिएन। तर www को सफलता पछि धेरै इन्टरनेट प्रदायक कम्पनीहरू खुले जसले सरकारी सञ्जालको भर नपर्ने गरि आफ्नै सञ्जालको विकास गरे। सन् १९९५ सम्ममा अमेरिकी सरकारले इन्टरनेट प्रयोग गर्न बन्देज लगाउने सम्पूर्ण नियमहरू खारेज गर्यो। अमेरिकामा AOL, Prodigy र CompuServe जस्ता चर्चित इन्टरनेट प्रदायक कम्पनीहरू सुरु भए। इन्टरनेटको प्रयोग विश्वव्यापी रुपमा पनि हुन थाल्यो। आजको दिन सम्ममा इन्टरनेटले लामो फड्को मारिसकेको छ। ARPANET मा जोडिएका ४ कम्प्युटरहरूबाट सुरु भएको इन्टरनेटमा अहिले एकैपटकमा १ अरब भन्दा बढि प्रयोगकर्ताहरू जोडिएर रहेको हुने गर्दछ। इन्टरनेटको विकासको क्रम अझै पनि जारी छ र भविष्यमा अहिलेको भन्दा द्रुत गतिको र उच्चस्तरीय सुविधायुक्त इन्टरनेटको विकास हुने कुरामा दुईमत नहोला।
लिनक्सको डिस्ट्रो छान्ने तरीका
केही समय यता लिनक्स निकै नै प्रचलित हुँदै गइरहेको छ। माइक्रोसफ्ट विन्डोजमा हुने भाइरस तथा कम्प्युटर ह्यकिङग हुने समस्या अनि सुरक्षा सम्बन्धी कारणले गर्दा दिक्क भई विश्वका धेरै प्रयोगकर्ताहरूले माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको प्रयोग तथा सूचना प्रविधि सम्बन्धी अन्तरराष्ट्रिय कम्पनीहरूले लिनक्स तथा खुला तथा स्वतन्त्र सफ्टवेयरमा देखाउन थालेको चासोका कारणले पनि लिनक्सको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ। तर लिनक्स चलाउन चाहने जोसुकै सबै भन्दा पहिले लिनक्सका सयौं प्रकारहरूका बीच हराउने गर्दछन्। लिनक्सका बारेमा पहिले सुन्नु भएको छ भने पक्कै पनि तपाईले रेडह्याट, फेडोरा, उबुन्टु जस्ता विभिन्न लिनक्सका प्रकारका बारेमा सुन्नु भएको होला। यस्ता लिनक्सका प्रकारहरूलाई Distribution वा छोटकरीमा Distro भन्ने गरिन्छ। अहिलेसम्म पाच सय भन्दा बढि यस्ता डिस्ट्रोहरूको विकास भैसकेको छ। रमाइलो कुरा के छ भने, यदि तपाईसँग लिनक्सको ज्ञान छ भने तपाई पनि आफ्नै यस्तो डिस्ट्रो बनाउन सक्नु हुन्छ। फरक फरक डिस्ट्रोको आआफ्नै विशेषता हुने गर्दछ। कुनै डिस्ट्रो डेस्कटप कार्यहरूका निम्ति उपयुक्त हुन्छ भने कुनै डिस्ट्रो सर्भरका निम्ति। यदि तपाइ घरमा टाइप गर्न, इमेल इन्टरनेट प्रयोग गर्न, भिडियो तथा अडियो कार्यहरूका निम्ति प्रयोग गर्न लिनक्स डिस्ट्रोको खोजीमा हुनुहुन्छ भने उबुन्टु लिनक्स उपयुक्त हुन सक्छ। केही समय यता उबुन्टु लिनक्स निकै नै राम्रो हुदै गइरहेको तथा बढि भन्दा बढि हार्डवेयर हरू चल्ने हुँदै गइरहेको छ। त्यसमाथि Cononical नामको कम्पनीले निर्माण गर्ने तथा हरेक ६ महिनामा नयाँ सँस्करण निकालिने हुनाले पनि यस डिस्ट्रोको प्रयोग गर्दा सधै Update भइने कुराको ग्यारेन्टी हुने गर्दछ। यदि तपाईको कम्प्युटरमा इन्टरनेटको सुविधा छ भने नयाँ सफ्टवेयरहरू हाल्न पनि यस उबुन्टु लिनक्समा निकै नै सजिलो हुने गर्दछ। यसबाहेक घरको कम्प्युटरमा प्रयोग गर्नको निम्ति Fedora लिनक्स पनि निकै नै प्रचलित छ। उबुन्टु लिनक्स जस्तै ६/६ महिनामा नयाँ सँस्करण आउने नभए पनि यस लिनक्स विश्वव्यापी रुपमा धेरै प्रयोगकर्ताहरूले प्रयोग गर्ने गर्दछन्। यदि तपाई चलाउँदा विन्डोज जस्तै लाग्ने लिनक्सको खोजीमा हुनुहुन्छ भने सबै भन्दा राम्रो डिस्ट्रो Xandros desktop हुन सक्छ। Xandros desktop विन्डोजको प्रयोगकर्ता हरूलाई गाह्रो नहुने गरि तथा चलाउँदा प्राय विन्डोज जस्तै लाग्ने गरि बनाइएको छ। हुन त लिनक्स चलाउने भनेपछि विन्डोज जस्तै देखिनु त्यति सान्दर्भिक नहोला, तर कसैकसैलाई यो पक्ष महत्वपूर्ण हुन सक्छ। Linspire नामको डिस्ट्रो पनि विन्डोजका प्रयोगकर्ताहरूलाई सजिलो लाग्न सक्छ। Xandros जस्तै विन्डोजसंग मेल खाने बनाइएको भए तापनि यसमा Xandros को भन्दा सजिलो सँग सफ्टवेयरहरू हाल्न सकिन्छ। केही क्लिकमै सफ्टवेयर सर्च गर्ने तथा इन्स्टल गर्ने सुविधा Linspire मा रहेको छ। यदि तपाई Xandros वा Linspire प्रयोग गर्ने सुरमा हुनुहुन्छ भने तपाईका निम्ति Progression Desktop नामको सफ्टवेयर पनि निकै काम लाग्न सक्छ। यस सफ्टवेयरले कम्प्युटरमा रहेको विन्डोजका सेटिङ् तथा फाइलहरूलाई लिनक्समा सार्ने गर्दछ। विन्डोजमा चल्ने गेम लिनक्समा खेल्नका लागि विशेष प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्। यस प्रकारका कार्यका निम्ति Win4lin नामको डिस्ट्रो उपयुक्त हुन सक्छ। तर यस डिस्ट्रोमा इन्टर्नेट चलाउन भने अलि अप्ठ्यारो भएको कुरा यसका प्रयोगकर्ताहरूले बताएका छन्। त्यस्तै TransGaming Technologies ले बनाएको Codega नामको सफ्टवेयरको प्रयोगबाट पनि कुनै पनि लिनक्स डिस्ट्रोमा विन्डोजका गेमहरु खेल्न सकिन्छ। यसबाहेक विन्डोजमा चल्ने सफ्टवेयरहरू लिनक्समा चलाउनको निम्ति Wine नामको सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ। अफिसका निम्ति प्रयोग गर्न पनि विभिन्न प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्। यदि तपाई हेर्दा राम्रो तथा चलाउन पनि सजिलो लिनक्स डिस्ट्रोको खोजीमा हुनुहुन्छ भने Novell को OpenSUSE प्रयोग गर्न सक्नु हुन्छ। अफिसका निम्ति Redhat Enterprise Edition लिनक्स पनि प्रयोग गर्न सकिन्छ। केही समय यता उबुन्टु लिनक्स पनि निकै राम्रो तथा सुधारिएको रुपमा उपलब्ध हुन थालेको छ। त्यसकारण यस लिनक्स पनि अफिसहरूमा प्रयोग गर्न सकिन्छ। त्यस्तै यदि तपाई शैक्षिक कार्यका निम्ति लिनक्सको प्रयोग गर्न चाहनुहुन्छ भने Edubuntu नामको लिनक्समा निकै नै शैक्षिक सामग्रीहरू रहेका छन्। बालबालिकाका निम्ति शैक्षिक खेलहरू देखि लिएर कलेज पढ्ने विद्यार्थीहरूका निम्ति पनि विभिन्न सफ्टवेयरहरू रहेको यस Edubuntu उबुन्टु लिनक्सलाई परिमार्जित गरि बनाइएको हो, र प्रत्येक ६ ६ महिनामा यसको नयाँ सँस्करण आउने गर्दछ। श्रव्य दृश्य सम्बन्धी कार्यको निम्ति उबुन्टुकै छुट्टै डिस्ट्रो पनि रहेको छ। Ubuntu Studio नाम दिइएको यस लिनक्स डिस्ट्रोमा श्रव्य तथा दृश्य सम्पादनका निम्ति थुप्रै सफ्टवेयरहरू रहेका छन्। यदि तपाई कम्प्युटर सम्बन्धी काम गर्नु हुन्छ र लिनक्स सिकी यसलाई आफ्नो पेसा बनाउन चाहनुहुन्छ भने तपाईको निम्ति Redhat Linux उपयुक्त हुन्छ। Redhat Linux ले लिनक्सका विभिन्न पाठ्यक्रम बनाउनुका साथै परीक्षा पनि लिने गर्दछ। Redhat को Redhat Certified Professionalनामको लिनक्स सम्बन्धी पाठ्यक्रम तथा यसको परीक्षा विश्वभरी नै चर्चित रहेको छ र यसको परीक्षा उत्तीर्ण गरेको जो कोहीलाई विश्वव्यापी रूपमा लिनक्सको विज्ञको मान्यता दिइने गरिन्छ। लिनक्सलाई निकै नै पुरानो कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुराना कम्प्युटरहरूमै प्रयोग गर्न बनाइएको Damn Small Linuxनामको लिनक्स डिस्ट्रो पुरानो Pentium तथा 486 कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुरानो कम्प्युटरमा चल्ने भए तापनि यस Damn Small Linux मा नयाँ लिनक्समा रहेका सम्पूर्ण सुविधाहरू रहेका छन्। यसरी लिनक्सको प्रयोग गरि तपाइ फाल्न तयार पारिएका कम्प्युटरहरूमा पनि नयाँ ज्यान भर्न सक्नुहुन्छ। यदि तपाइ नेपाली मा लिनक्स चलाउन चाहनुहुन्छ भने यो सुविधा पनि लिनक्समा उपलब्ध छ। यसको निम्ति मदन पुरस्कार पुस्तकालयद्वारा निर्माण गरिएको नेपालीनक्स निकै नै राम्रो रहेको छ। हुन त अरू लिनक्स डिस्ट्रोहरू पनि नेपाली भाषामा आउने बनाउन सकिन्छ तर यस नेपालीनक्सलाई विशेषत नेपालीमै चलाउन मिल्ने गरि बनाइएको छ। यसमा रहेका सम्पूर्ण सफ्टवेयरहरू नेपाली भाषामा रहेको छन्। त्यसकारण अंग्रेजी भाषाको प्रयोगको कारण कम्प्युटरको प्रयोग गर्न गार्हो हुने गरेको छ भने यस नेपालीनक्स निकै नै सजिलो हुन सक्छ। नेपालीनक्सको सिडि ललितपुरको पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयको कार्यालयमा निकै नै कम मूल्यमा प्राप्त गर्न सक्नु हुन्छ। यति धेरै रहेका लिनक्सका डिस्ट्रोहरुमा निकै नै विविधता पाउन सकिन्छ। विभिन्न लिनक्स डिस्ट्रोका आ-आफ्नै विशेषता हुने भएका ले कुनै एक लिनक्स डिस्ट्रोलाई उत्तम भन्न सकिन्न। जति धेरै डिस्ट्रोहरु भए तापनि लिनक्सको प्रयोग गर्नु भन्दा पहिले आफ्नो आवश्यकताहरूको सहि पहिचान गर्न सकियो भने लिनक्स डिस्ट्रो छान्नु कुनै गार्हो कार्य भने पक्कै पनि हैन।
ईन्टरनेट के हो र कसरी चलाउने ?
इन्टरनेट भन्ने शब्द हाम्रो लागि नयाँ होइन, यसको बारेमा हामीले मनग्ये सुनेका छौँ र हामीमध्ये कतिले त मनग्ये चलाएका पनि छौँ। आज हामी इन्टरनेट भनेको के हो र यसलाई कसरी चलाउने भन्ने बारेमा केही जानकारी लिन्छौँ।
इन्टरनेट के हो?
इन्टरनेटको बारेमा बुझ्नु अघि हामीले नेटवर्क भनेको के हो भन्ने कुरा थाहा पाउनुपर्छ। दुई वा दुईभन्दा बढी कम्प्युटरलाई आपसमा तार वा ताररहित माध्यमद्वारा जोडियो वा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा रहेको डाटा वा प्रोग्रामलाई चलाउन सकियो भने त्यहाँ नेटवर्क भएको मान्नुपर्छ। नेटवर्क भनेको कम्प्युटरहरूबीचको सन्जाल हो र यो आकारको आधारमा तीन प्रकारको हुन्छ।
१) Loal Area Network
यो सबैभन्दा सानो आकारको नेटवर्क हो। यस्तो नेटवर्क एउटा घर वा क्याम्पसमा केही किलोमिटरसम्म फैलिएको हुन सक्छ। हामीले साइवर क्याफे, स्कुल, क्याम्पस आदि ठाउँमा देखेको नेटवर्क यही नै हो।
२) Municipality Area Network
यो नेटवर्क LAN कै ठूलो रूप हो। २-४ वटा घर मात्र नभई यस्ता नेटवर्क पूरा सहरभरि फैलिएको पनि हुनसक्छ।
३)Wide Area Network
यस्तो नेटवर्कले ठूलो भौगोलिक क्षेत्र ओगटेको हुन्छ। यो प्रायः देश वा महादेशभरि फैलिएको हुन्छ र LAN तथा MAN को तुलनामा आकारको हिसाबले यो निकै ठूलो हुन्छ। दुई वा दुईभन्दा बढी नेटवर्कहरू जोडिएर इन्टरनेटवर्क (Internetwork) बन्दछ। इन्टरनेट (Internet), इन्टरनेटवर्कको बहुचर्चित उदाहरण हो। ई. सं. १९६० को मध्यतिर अमेरिकाको सुरक्षा निकायले बनाएको ARPANET को विकसित रूप नै आजको इन्टरनेट हो। इन्टरनेटले आजको समयमा पाएको अभूतपूर्व प्रसिद्धिका बारेमा निर्माणकर्ताहरूले शायद सोचेका पनि थिएनन् होला।
कम्प्युरबाट इन्टरनेट कसरी चलाउने त?
हाम्रो कम्प्युटरलाई इन्टरनेटसँग जोड्न वा सामान्य शब्दमा इन्टरनेट चलाउन तीनवटा कुराको आवश्यकता हुन्छ।
मोडेम (Modem) भएको कम्प्युटर।
टेलिफोन लाइन।
इन्टरनेट खाता
इन्टरनेट चलाउन तल दिइएका बुँदाहरूको अनुसरण गर्नुपर्दछ।
१) कम्प्युटरमा फोन लाइन जोड्ने
हाम्रो कम्प्युटरमा मोडेम छ भने हामीले सिपियु (CPU) को पछिल्लो भागमा फोनको तार जोड्न मिल्ने ठाउँ देख्छौँ। त्यो ठाउँमा फोनको तार लगेर जोड्नुपर्छ। यदि त्यस्तो ठाउँ छैन भने हाम्रो कम्प्युरटरमा मोडेम भन्ने पुर्जा नहुन सक्छ र हामीले त्यसलाई बजारबाट किनेर हाम्रो कम्प्युटरमा जडान गर्नुपर्छ। यसको मूल्य हजार रूपैयाँसम्म पर्न सक्छ।
२) इन्टरनेट खाता खोल्ने
कुनै पनि इन्टरनेट सेवा दिन सक्ने कम्पनीमा निश्चित पैसा तिरेर इन्टरनेट खाता खोल्न सकिन्छ। पाल्पाको सन्दर्भमा हामीले नेपाल टेलीकम, वर्ल्डलिंक कम्युनिकेशन्स, बायु कम आदिबाट इन्टरनेट सुविधा पाउन सक्छौँ। यस्ता कम्पनीहरुलाई इन्टरनेट सेवा प्रदायक (ISP) भनिन्छ। खाता खुलेपछि कम्पनीले हामीलाई युजर नेम, पासवर्ड र फोन नम्बर दिन्छ। पासवर्ड हामीले निकै जतनसाथ गोप्य राख्नुपर्छ।
३) युजरनेम, पासवर्ड र फोन नम्बर राख्ने ठाउँ कसरी बनाउने?
हामीमध्ये धेरैले विन्डोज एक्सपी चलाउँछौँ। त्यहाँ युजर नेम, पासवर्ड र फोन नं. राख्न निश्चित ठाउँ बनाउनुपर्छ। त्यसको लागि तल भनिएअनुसारको कदम चाल्नुपर्छ। सबैभन्दा पहिले माई नेटवर्क प्लेसेज (My Network Places) मा डबल क्लिक गर्ने। त्यहाँभित्र बायाँपट्टि (ँिेौ णेतौोरक चोननेछतिोनस) भनेर लेखिएको लिंक हुन्छ। त्यसमा क्लिक गरेपछि फेरि त्यही ठाउँमा (Create New Connection) भन्ने लिंक देखिन्छ। त्यसमा क्लिक गरेमा एउटा बट्टा (Dialogue Box) खुल्छ। त्यसमा कम्प्युटरको निर्देशनअनुसार आवश्यक विवरण भर्दै Next भन्ने बटनथिच्दै जानुपर्छ र अन्त्यमा Finish थिच्नुपर्छ। त्यसो गरेपछि एउटा नयाँ आइकन बन्छ (दुईवटा कम्प्युटरको बीचमा फोन भएको) त्यस आइकनमा क्लिक गरेर युजरनेम पासवर्ड र फोन राख्ने ठाउँ रहन्छ। सबै कुरा निश्चित ठाउँमा राखेर Connect भन्ने बटन थिच्नुपर्छ। युजरनेम र पासवर्ड सही भएमा मनिटरको दायाँपट्टी पुछारमा एउटा आईकन गएर बस्छ र (ISP) is now connected भन्ने सूचना आउँछ। इन्टरनेट जोडिएपछि हामी विभिन्न किसिमका ब्राउजर (Browser) को मद्दतले वेबसाइट (Website) हरू हेर्न सक्छौँ। Internet explorer, Netscape Navigator, Opera, Mozila Firefox जस्ता कुनै पनि ब्राउजर खोलेर त्यसको Address Bar मा आफूले हेर्न चाहेको साइटको नाम लेखेर क्लिक गरेमा त्यो साइट हाम्रो ब्राउजरमा खुल्छ। जस्तै कान्तिपुर दैनिकको ठेगाना www.ekantipur.com लेखेर इन्टर गरेमा इन्टरनेटमा हाम्रो ब्राउजरमा कान्तिपुर दैनिकको गृह पृष्ठ खुल्छ। यसरी हाम्रो काम सकिएपछि इन्टरनेट बन्द गर्न दायाँपट्टी पुछारमा भएको आइकनलाई डबल क्लिक गरेमा एउटा बट्टा खुल्छ। त्यस बट्टामा हामीले कतिबेर इन्टरनेट चलायौँ भन्ने सूचना हुन्छ। सोही बट्टाको पुछारमा रहेको Disconnect भन्ने बटन थिचेमा हाम्रो कम्प्युटरमा इन्टरनेट बन्द हुन्छ ।

Friday, November 20, 2009
के हो त कम्प्युटर भाइरस ?
तपाई हामीले कम्प्युटर भाइरसको बारेमा सुनेका छौँ। कैयौँलाई त भाइरसले हैरान पारेको पनि होला। आखिर के हो त कम्प्युटर भाइरस? यसको बारेमा केही जानकारी लिउँ । कम्प्युटर भाइरस कुनै जिवित प्राणी वा जिवाणु होइन। यो एकप्रकारको कम्प्युटर प्रोग्राम (एप्लिकेशन) हो। भाइरस कम्प्युटरमा मात्र चल्छ। यसप्रकारको भाइरसले मानिसलाई केही गर्दैन। यसले हाम्रो कम्प्युटरमा भएका फाइल र प्रोगामहरुलाई बिगार्ने, गलत निर्देशन दिने र खास प्रकारका कामहरु गर्न नदिने आदि गर्छ। भाइरसले के काम गर्ने भन्नेकुरा भाइरस निर्माताहरुले नै पहिल्यै निर्धारण गरेका हुन्छन्। र भाइरसले त्यसैअनुरुप हाम्रो कम्प्युटरमा काम गर्छ।
किन बन्छन् त भाइरस?
भाइरस बनाउनुका धेरै कारणहरु हुनसक्छन् तर पनि धेरैजसो भाइरसहरु निश्चित प्रकारका कम्पनी वा संस्थाहरुको डाटाबेसलाई बिगार्नको लागि अपराधीहरुले नियोजित रुपमा बनाएका हुन्छन्। यसप्रकारका भाइरसले कुनै कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएका फाइल र तथ्यांकहरुलाई बिगारिदिन्छ र ती फाइलहरु पुनः पहिलेको अवस्थामा ल्याउनको लागि भाइरस निर्माताहरुले गैरकानूनी रुपमा मागहरु राख्छन्। त्यसबाहेकाफ्टवेयर निर्माताहरुबीचमै पनि एकअर्काको सफ्टवेयर बिगार्नको लागि भाइरस बनाइन्छन्। यसप्रकारका अस्वस्थ प्रतिस्पर्धाको चपेटामा पनि साधारण प्रयोग कर्ताहरु परेका हुन्छन्। त्यसबाहेक सफ्टवेयर विकासकर्ताहरुले निश्चित प्रकारको सफ्टवेयर बनाउने क्रममै गल्तीवश पनि भाइरस बन्न पुग्छन्।
भाइरसले कसरी काम गर्छ त?
साधारणतया हामीले प्रयोग गर्ने सफ्टवेयरहरु (वर्ड, एक्सेल, फोटोसप, गेमहरु )ले हामीले निर्देशन नदिँदासम्म काम गर्दैनन्। तर भाइरसको लागि हाम्रो निर्देशन आवश्यक पर्दैन। भाइरसले के काम गर्ने भन्ने कुरा भाइरस निर्माताले पहिले नै निर्धारण गरेका हुन्छन्। भाइरसले पनि हाम्रो कम्प्युटरमा खुल्नेबित्तिकै निर्माताकै निर्देशन बमोजिम काम गर्न थाल्छन्। धेरैजसो भाइरसहरुले कुनैपनि कम्प्युटरमा खुल्ने बित्तिकै आफ्ना धेरै प्रतिलिपी (कपी) बनाउँछ र हामीले जतिपनि हार्ड ड्राइभको भागहरु (सी,डी,ई) फ्लपि, पेन ड्राइभ खोल्छौ ती सबैमा गएर बस्छ। र त्यहीँबाट हामीलाई काम गर्दा बाधा पुर्याउने, निर्देशन दिएभन्दा बाहेकका र गलत काम गर्ने गरेर हैरान पार्छ। भाइरसले कतिपय प्रोग्रामहरु खुल्न नदिने समेत गर्छ।
भाइरसबाट कसरी बच्ने त?
हामीले भाइरसबाट सुरक्षित रहनको लागि केही सुरक्षाका विधिहरु अपनाउनु पर्छ। तपाईलाई पनि भाइरसले हैरान पारेको छ वा भाइरसको जोखिम छ भने तलका उपायहरु अपनाउनाले पनि केही हदसम्म सुरक्षित रहन सकिन्छ।
१. कम्प्युटरमा जहिले पनि राम्रो एण्टी भाइरस प्रोग्राम (नर्टन, म्याकएफी, एभिजी, पिसि सिलिन, नड ३२) राख्नुहोस्। र त्यसलाई निरन्तर रुपमा अपडेट गरि राख्नुहोस्।
२. फ्लपी, पेन ड्राइभ, सीडी प्रयोग गर्दा खोल्नुभन्दा पहिले स्क्यान गर्नुहोस् अनिमात्र प्रयोग गर्नुहोस्।
३. इन्टरनेट प्रयोग गर्दा विज्ञापनको आधारमा जुनपायो त्यही ठाउँमा क्लिक नगर्नुहोस्।
४. सफ्टवेयर डाउनलोड सकेसम्म नगर्नुहोस् यदी तपाई राम्रोसंग बुझेर डाउनलोड गर्दै हुनुहुन्छ भने विश्वस्त साइटबाट मात्र गर्नुहोस्। डाउनलोड सकिएपछि पहिले स्क्यान गर्नुहोस् अनिमात्र प्रोग्राम रन गर्नुहोस्।
५. स्क्रिनसेभर एनिमेटेड वालपेपर जस्ता सफ्टवेयर डाउनलोड गर्दा विशेष ध्यान पुर्याउनुहोस् किनकी धेरैजसो भाइरस सर्ने भनेकै यस्तै सफ्टवेयरबाट हो।
६. नचिनेको व्यक्तिको इमेलमा एट्याचमेन्ट छ भने डाउनलोड गर्दा विशेष सतर्कता अपनाउनुहोस्।
७. इमेल इनबक्समा आफ्नो परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने (From Field) मा पूरै ठेगाना आएको छ भने त्यो इमेलमा भाइरस हुनसक्छ। त्यस्तो इमेलमा केही छैन भनेपनि त्यसलाई रिप्लाई नगर्नुहोस् बरु सिधै हटाइदिनुहोस्।
८. धेरैजसो भाइरस विन्डोजलाई लक्षित गरि बनाइएकाले जान्ने भएमा लिनक्स सञ्चालन प्रणाली चलाउनु सबैभन्दा उत्तम उपाय हो ।

Subscribe to:
Posts (Atom)